१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंक र हिमालयन क्यापिटलबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच सम्झौता भएकाे छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ले १० वर्ष अवधि भएको १० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८० जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हाे। 

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजारका दरले तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्। 

उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ताहरू लाभान्वित हुने बैंकले जनाएको छ।