१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिना र सिटिबिटिओका कार्यकारी सचिवबीच शिष्टाचार भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२२:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सिटिबिटिओ)का कार्यकारी सचिव रोर्बट फ्लोएडबीच  शिष्टाचार भेटवार्ता भएको छ। 

अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएडबीच सिंहदरबारस्थित संसद् सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो। उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको बताए। 

‘सबै प्रकारका हतियारको निशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रूपमा रहिआएको छ,’ उनले भने, ‘नेपाल हात–हतियार दौडविरुद्वमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरूप्रति पनि ऐक्यबद्धता जनाउँदछ।’

अध्यक्ष तिमिल्सिनाले संसद्को चालू अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटिओ सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद् त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिँदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरूको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए। 

नेपाल शान्ति र अहिंसाका प्रवर्द्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए।  
 
सिटिबिटिओका कार्यकारी सचिव फ्लोएडले  पश्चिम अफ्रिका र दक्षिणपूर्वी एसियाका धेरै देशले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे।