१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा वातावरण दिवसको दिन अग्नि नियन्त्रण सामग्री वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउँदै डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ।

डिभिजन वन कार्यालयले जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनसँग सम्बन्धित रहेर क्रियाशील संस्थालाई अग्नि नियन्त्रण सामग्री वितरण गरेको हो। सोमबार दिवस मनाउँदै सुरक्षा निकायलाई अग्नि नियन्त्रण सामग्री वितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत बद्री शाहले जानकारी दिए। 

तीनवटा सुरक्षा निकायसहित सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङ र बामथुम्की सामुदायिक वन उपभोक्ता समूह फुङलिङ नगरपालिका– ८ दोखुलाई एक–एक थान अग्नि नियन्त्रण सामग्री वितरण गरिएको शाहले बताए। उक्त सामग्री प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ, निमित्त डिभिजन वन अधिकृत शाहलगायतले वितरण गरेका डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितकुमार यादवले बताए।

दिवसकै अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ताप्लेजुङको अगुवाइमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको चाँगेमा वृक्षारोपण गरिएको छ। महासंघका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार चाँगेस्थित त्रिवेणी आधारभूत विद्यालय परिसरमा कल्की फूललगायत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो। उता, फुङलिङ नगरपालिका ७ स्थित युवा वर्ष माविमा पनि वृक्षारोपण गरिएको छ।

वर्षेनी रोपिने विरुवा कति हुर्किए?
ताप्लेजुङका विभिन्न ठाउँमा दिवसका अवसर पारेर वर्षेनी वृक्षारोपण गर्ने गरिएको छ। तर, दश वर्षको अवधिमा कहाँ कहाँ बिरुवा रोपिए र कहाँ हुर्किए भन्ने सम्बन्धित कार्यालयलाई नै थाहा छैन।

तीनपटकसम्म बिरुवा रोपिएको ठाउँ अहिले उजाड छ। दश वर्षको अवधिमा धुपी, गुराँस, तेजपत्ता, अमला, सल्लोलगायतका बिरुवा रोपिए पनि अधिकांश विरुवाको अहिले नामो निशान छैन। दिवसको अवसरमा बिरुवा रोपिन्छ, तर त्यस क्षेत्रमा फेरि कोही पुग्दैनन्। दुई वर्षअघि भिन्तुनाडाँडामा रोपिएका बिरुवा अहिले कता छन् थाहा छैन।  यस वर्ष पनि सोही क्षेत्रमा विरुवा रोपिएका छन्।

‘दिवस मनाउने, बिरुवा रोपेर कार्यक्रम गर्ने अनि बेवास्ता गर्दा कसरी हुर्किन्छन् त बिरुवा?’ स्थानीयवासी असन्तुष्टि पोख्छन्।