१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमावर्ती बजारबाट हुने खुला कारोबार निरुत्साहित गर्न भन्सारमा कडाइ, प्रज्ञापनपत्र अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

रुपन्देहीका उद्योगी व्यवसायीहरूको दबाबपछि भैरहवा भन्सार कार्यालय रुपन्देहीले प्रज्ञापनपत्रमा कडाइ गरेको छ।

सीमानाका सुनौली बजारसहित सीमा क्षेत्रमा सञ्चालन हुने हाटबजारबाट खुलेआम मालसामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीहरूको कारोबारमा समेत प्रभाव परेपछि सीमानाका बेलहियामा कडाइ गरिएको हो। यसअघि सिद्धार्थनगर उद्योग वाणिज्य संघसहित विभिन्न व्यावसायिक संघसंस्थाहरूले प्रहरी, प्रशासन र भैरहवा भन्सार कार्यालयलाई एकै ठाउँमा राखेर नाका कडाइ गर्न दबाब दिएका थिए।

दबाबपछि विगतमा दैनिक ४०–५० वटा प्रज्ञापनपत्र भर्ने गरेकोमा अहिले दैनिक ४५० भन्दा बढी भर्ने गरेको भैरहवा भन्सार कार्यालय यात्रु शाखाले जनाएको छ। संक्षिप्त प्रज्ञापनपत्र भरेसँगै सरकारलाई राजस्व प्राप्त हुने र सस्तो सामानको नाममा सीमावर्ती बजारमा ठगिनबाट समेत नेपाली उपभोक्ता जोगिने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। उनका अुनसार नेपाली उपभोक्ताले नेपालबाटै भारत गएको सामान फेरि खरिद गरेर नेपाल ल्याउने गरेका छन् उपभोक्ता सचेत नहुँदा दैनिक ठगिने गरेको श्रेष्ठले बताए।

सीमावर्ती बजारबाट ल्याएको सामानहरू भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा चेकजाँच गरेर राजस्व जम्मा गरेपछि मात्रै लैजान दिने गरिन्छ। त्यसका लागि सडकमा सशस्त्र प्रहरी, जनपद प्रहरी र भैरहवा भन्सार कार्यालयका कर्मचारीहरू खटिएका छन्।

सामान लिएर आउने सबैलाई अनिवार्य यात्रु शाखामा लगेर राजस्व तिराएपछि मात्र छाडिने गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बताए। ‘हामीले सीमावर्ती बजारबाट हुने कारोबार निरुत्साहित गर्न चाहेका छौँ,’ भन्सार प्रमुख पौडेलले भने।

१ सय रुपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने कानुनी प्रावधान छ। व्यावहारिक पक्ष देखाउँदै खुलेआम सामानहरू ओसारपसार हुँदै आएका थिए। घरायसी प्रयोजनका नाममा दैनिक हजारौँ नेपाली भारतीय बजार पुग्ने गरेका छन्।