१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकालेश्वर मन्दिर गएको प्रधानमन्त्री प्रचण्डको प्रस्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकालेश्वर मन्दिर गएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भारतको मात्र नभएर नेपालकै महाकालेश्वर पनि गएको बताए।

रामायण सर्किट, बुद्धिस्ट सर्किट, बडिमालिका–मानसखण्ड सर्किटजस्ता धार्मिक पर्यटन विकासको कुरा भइरहँदा प्रधानमन्त्रीको नाताले धार्मिक पर्यटन प्रवर्द्धनको लागि आफू उक्त मन्दिर गएको उनको प्रस्टीकरण छ। मन्दिर भ्रमणको विषयलाई लिएर आफूमाथि प्रश्न उठिरहेको भन्दै प्रधानमन्त्रीले आफू धर्मनिरपेक्षतावादी रहेको प्रस्ट पारे।

‘सिद्धान्तः म प्रस्ट धर्मनिरपेक्षतावादी हुँ। सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउन हुँदैन भन्ने पक्षको हुँ। यो कुरा प्रस्ट होस्। त्यसकारण मैले भनेको छु–जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ। जुनसुकै धर्मसम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टीहरूले, नेताहरूले, राजनीतिज्ञले गर्नुहुँदैन भन्ने मान्यतामा पनि म दृढ छु,’ उनले भने, ‘अहिले उज्जैनमा गएर महाकालेश्वरमा पूजा गरेको त माननीय सदस्यहरूले पनि देख्नुभयो, दुनियाँले देख्यो। तर म बुद्धिस्टकोमा गएर बुद्धप्रति प्रस्तुत गरेका आस्था सम्मान र गतिविधि पनि यहाँहरूले देख्नुभएकै छ। मुस्लिमले आयोजना गर्ने कार्यक्रममा मुस्लिमको टोपी लगाएर मैले मुस्लिम समुदायप्रति व्यक्त गरेको सम्मान पनि देख्नुभएकै छ।’