१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

सर्लाहीको बरहथवामा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। सोमबार बरहथवा नगरपालिका– १६ लौकठमा भएको दुर्घटनामा बारा महागढीमाई नगरपालिका– ८ बस्ने २० वर्षका सचिव पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका १४ वर्षीय विसोक पासवान र १३ वर्षीय विवेक पासवान घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ। प्रहरीका अनुसार घाइते दुवैजनाको हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेका इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। उक्त पिकअपमा सवार अन्य चारजना सकुशल रहेकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सचिवलाई उपचारका लागि नयाँरोडस्थित दयन्ती अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। बिहान बरहथवाको हिरापुरबाट चक्रघट्ट जाँदै गर्दा प्रदेश २–०३–००१ ख ३५२३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो । 

प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। मृतक पासवानको शव परीक्षणका लागि प्रदेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ।