१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि तथा पशुपन्छी मन्त्रालय भन्छ- ‘भारतसँग तीन वर्षअघि नै मुर्रा राँगो मागिएको थियो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाललाई भारतले उपलब्ध गराउने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिने जनाएको छ। यसबाट भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयको भनाइ छ।

मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाशकुमार सन्जेलले आज एक विज्ञप्ति जारी गरी भारतबाट वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात् वार्षिक कम्तीमा एक लाख ५० हजार डोज विर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराइने जनाएका छन्। 
विज्ञप्तिमा सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार जुन २०२० मा भारतको पशुपालन मन्त्रालयलाई नेपाललाई मुर्रा राँगो आपूर्तिका लागि औपचारिक प्रस्ताव गरिएको उल्लेख छ।

‘नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन सम्बद्ध भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको हो,’ ‘त्यसैको निरन्तरतास्वरूप उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई वस्तुगत सहायतास्वरूप निःशुल्क उपलब्ध हुने भएको हो।’

विज्ञप्तिमार्फत यसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको जानकारी दिइएको छ। 

‘प्राविधिक पक्ष टुंगिएपश्चात भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजनन मानका मुर्रा राँगाहरू उपलब्ध हुनेछन् । यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगन्ज र लाहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने व्यवस्था गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ मन्त्रालयकाे विज्ञप्ति-