१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रा शौचालय निर्माणमा भ्रष्टाचार, सिराहाका प्रधानाध्यापकलाई ६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४३:oo

विशेष अदालतले सिराहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता–५ स्थित सिराहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसुर कायम भएको हो।

उक्त विद्यालयका प्रधानाध्यापक वसन्त मण्डल तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामभरोस मण्डललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवना सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासबाट यस्तो आदेश भएको हो।

अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीका अनुसार वसन्त मण्डललाई ६ महिना कैद र १ लाख ४७ हजार रुपैयाँ जरिवाना तथा उति नै रकम बिगो असुलउपर गर्ने अन्तिम आदेश अदालतले गरेको छ। प्रवक्ता योगीले भने, ‘अर्का प्रतिवादी रामभरोस मण्डलको मृत्यु भइसकेको देखिँदा उनका हकवालासँग १ लाख ४७ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ।’

उक्त विद्यालयमा छात्रा शौचालय निर्माण गर्न भनी सरकारी अनुदान निकासा भएकोमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। जसमाथि छानबिन गर्दा चार लाख रुपैयाँ हिनामिना भएको भेटिएपछि मुद्दा दायर भएको थियो।

अख्तियारले १४ जेठ २०७६ मा मुद्दा दायर गरेकोमा तीन वर्षपछि फैसला आएको हो। सरकारी रकम खाने उद्देश्यले वसन्त र रामभरोसले नक्कली जग्गाधनी प्रमाणपुर्जा पेस गरी छात्रा शौचालय निर्माण गर्न रकम माग गरेका थिए। 

अख्तियारले मुद्दा दर्ता गर्नुभन्दा तीन वर्षअघि नै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामभरोसको मृत्यु भइसकेको थियो। जसपछि हानी-नोक्सानीबापतको रकम उनको हकवालासँग असुलउपर हुनुपर्ने मागदाबीसहित अख्तियारले अभियोग-पत्र दायर गरेको थियो।