१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

जुम्लाका सामुदायिक विद्यालयका कर्मचारी धर्नामा बसेका छन्। आइतबारदेखि शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाको परिसरमा विद्यालयका लेखापाल र कार्यालय सहयोगीले धर्ना सुरु गरेका हुन्।

धर्ना कार्यक्रम कार्यालय समयभर शुक्रबारसम्म गर्ने नेपाल विद्यालय कर्मचारी परिषद् जुम्लाका अध्यक्ष रामबहादुर शाहीले बताए। सरकारले आफूहरूको मागबारे कुनै सुनुवाइ नगरेकाले धर्नालाई निरन्तरता दिन बाध्य भएको परिषद्का महासचिव शान्तिनाथ योगीले बताए।

विद्यालयका लेखापाललाई खरिदारसरह र कार्यालय सहयोगीलाई श्रेणीविहीनस्तरको तलब सुविधा हुनुपर्ने ०७९ भदौ १९ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गरी दरबन्दी कायम गरेर विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन्।

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्यालयका कर्मचारीको माग पूरा गरिनेछ’ उल्लेख भए पनि अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा रकम विनियोजन भएको छैन। श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो। धर्नामा जिल्लाका विभिन्न विद्यालयका ७० भन्दा बढी लेखापाल र कार्यालय सहयोगी उपस्थित थिए।