१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा युवकको ज्यान गएपछि स्थानीय आक्रोसित 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

सर्लाहीको बसबरिया गाउँपालिका स्थित मानपुरमा भएको दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीय आक्रोसित बनेका छन्। 

शनिबार राति बसबरिया गाउँपालिका–१, मानपुरस्थित भित्रि सडकखण्डमा एकै दिशातर्फ जाँदै गरेका दुई मोटरसाइकल दुर्घटनामा परेका थिए। 

घटनामा प्रदेश २–०२–००१ प ११३४ नम्बरको मोटरसाइकलमा सवार सोही स्थानका २० वर्षका रविन्द्रकुमार यादवको ज्यान गएको हो। सोही घटनालाई लिएर आक्रोसित स्थानीयले इलाका प्रहरी कार्यलय मानपुर घेराउ गरेका हुन्।

लापर्वाहीपूर्ण दुर्घटनाका कारण यूवकको ज्यान गएको भन्दै उनीहरु आक्रोसित बनेपछि जनप्रतिनिधिको रोहवरमा छलफल चलिरहेको प्रहरीले जनाएको छ। 

बिहानैदेखि मृतकका आफन्त र सयौँको संख्यामा स्थानीय प्रहरी कार्यलय अगाडि जम्मा भएका छन्। आवश्यक छलफलबाट स्थानीयसगँ समन्वय गरिरहेको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतक यूवक सवार मोटरसाईलकलाई सोही दिशातर्फ जाँदै गरेको बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। 

घटनामा गम्भीर घाइते भएका रविन्द्रलाई तत्काल बरहथवास्थित ह्याप्पी केयर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने मोटरसाइकल चालक सोही स्थानका २१ वर्षका सुगन्ध यादव घटनालगतै फरार छन्। 

उन्को खोजी भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। घटनामा संलग्न यूवक बसबरिया गाउँपालिका–१, का पूर्ववडाध्यक्ष जयनारायण यादवको छोरा रहेको प्रहरीले जनाएको छ।

मृतक रविन्द्रको सव परिक्षणको लागि जिल्ला स्थित प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएकाे छ। घटनामा संलग्न दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।