
उच्च अदालत बार एसाेसिएसन नेपालगन्जको अध्यक्षमा चित्रबहादुर शाही विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षसहित प्यानलै विजयी भएको प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद रेग्मीले जानकारी दिए।
शाहीले एक सय ५४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर केसीले २८ तथा स्वतन्त्र उम्मेदवार भुवनकृष्ण श्रेष्ठले चार मत पाए। उपाध्यक्षमा तीर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा विजयी भएका छन्।
निर्वाचन अधिकृत रेग्मीका अनुसार सदस्यहरूमा जयराम थारू, सतिशचन्द्र थारू, रिजवान अहमद मिर्जा, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, हरिशचन्द्र सिजापति, वीरेन्द्रकुमार बस्नेत र जयराज जैसी निर्वाचित भएका छन्।