१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेद्वारा राष्ट्रिय सभा पनि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

प्रतिनिधिसभा बैठक अवरोध गरेको नेकपा एमालेले आजको राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ।

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भूमि साट्ने भनेको विषयमा आपत्ति जनाउँदै एमालेले राष्ट्रिय सभा अवरोध गरेको हो। बैठक सुरु हुना साथ एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय  माग गरेर यस विषयमा विरोध जनाएका थिए।

यी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी छ। नियमित कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध भएको बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ।