१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मापदण्डविपरीत सञ्चालित कञ्चनपुरका चार क्लिनिक सिल

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

मापदण्डविपरीत सञ्चालनमा रहेका कञ्चनपुरका चार क्लिनिक (औषधि पसल)मा सिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बेलौरी नगरपालिका क्षेत्रका चार क्लिनिकमा सिलबन्दी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा कैफियत भेटाएपछि सिलबन्दी गरेको प्रशासनले जनाएको छ। जोशीका अनुसार बेलौरी नगरपालिका– ४ बेलौरी बजारस्थित जगदम्बा अस्पताल प्रालि, बेलौरी पोलिक्लिनिक, जगदम्बा हेल्थ क्लिनिक एन्ड प्याथोलोजी र बेलौरी– ८ कलकत्तास्थित कलकत्ता पोलिक्लिनिकमा सिलबन्दी गरिएको हो।

मापदण्डविपरीत रहेका ती औषधि पसल र क्लिनिकले जनताको स्वास्थ्यमा खेलवाड गर्न लागेकाले सिलबन्दी गरेको बताइएको छ। क्लिनिक सञ्चालकहरूलाई थप कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।