
कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकसँग आबद्ध व्यक्तिले प्रारम्भ ड्राइभिङ स्कुलमा लिने तालिममा छुट पाउनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार काठमाडौंको बौद्ध र टुसालमा रहेको प्रारम्भ ड्राइभिङ स्कुलले प्रदान गर्ने ड्राइभिङ तालिम शुल्कमा छुट प्राप्त गर्न सक्ने जनाइएको छ । ड्राइभिङ स्कुलले प्रदान गर्ने ड्राइभिङ तालिमहरूमा बैंकका ग्राहकले १२ प्रतिशतसम्मको छुट पाउने उल्लेख छ ।
यो सुविधा लिनका लागि बैंकसँग आबद्धताको प्रमाण पेस गर्नुपर्ने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबै व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ ।