१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सबिल खान भए ‘योंगेस्ट सिइओ अफ द इयर एसिया’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

अरबेन्स नेपाल र रिल्याक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सबिल खानले ‘आइकन अफ एसिया अवार्ड २०२३’ जितेका छन्।

उक्त अवार्ड दुबईको होटेल क्राउन प्लाजामा कार्यक्रम आयोजना गरी वितरण गरिएको थियो।  ४२ देशका विभिन्न कम्पनीबाट सहभागी भएकाहरूमध्ये खानले उक्त अवार्ड हात पारेका हुन्। नेपालबाट विभिन्न कम्पनीका २५ जनाले भाग लिएका थिए।

यसका लागि कार्यालयमा नेतृत्व लिन सक्ने क्षमता, सम्पूर्ण टिमलाई परिचालन गर्न सक्ने क्षमतालगायतका मापदण्ड तोकिएको थियो। अवार्ड वितरण समारोहमा दुबईको परराष्ट्र मन्त्रालयका केएल गन्जुले उद्यमशीलताका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए। 

अवार्ड जितेपछि खानले आयोजकलाई धन्यवाद दिँदै आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए। आफ्नो लगनशीलता र मिहिनेतका कारण उक्त सम्मान प्राप्त गरेको उनको भनाइ छ।