मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ १८ बिहीबार ०८:११:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठ कराँते खेलाडी एसियाडमा छनोट

Read Time : < 1 मिनेट
२०८० जेठ १८ बिहीबार ०८:११:००

 अगामी ६–२१ असोज सम्म चीनमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)का लागि कराँतेका आठ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले आयोजना गरेको छनोट प्रतियोगिताबाट कुमुतेका ६ र एकल काताका २ खेलाडी एसियाडका लागि छानिएका छन् । छनोट हुनेमा पाँच पुरुष र तीन महिला खेलाडी छन् । 

छनोट प्रतियोगिताको मंगलबार पाँच र बुधबार तीन खेलाडीले एसियाडमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । एरिका गुरुङ, सविना श्रेष्ठ, मोहम्मद शेख आलम र विप्लवलाल श्रेष्ठ छनोट भएका हुन् । एरिका ६८ केजीमाथि र सविना ६१ केजीमुनिको तौल समूहमा छनोट भए ।

मोहम्मद शेख ७५ केजी तथा विप्लव ८४ केजीमाथिको तौल समूहमा छनोट भएको महासंघले जनाएको छ । कातामा महिलामा एलिसा रास्कोटी र पुरुषमा स्वनिम मानन्धर एसियाडका लागि छनोट भए । कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ एसियाडका लागि छनोट भएका छन् । कातामा ६ र कुमुतेमा ३१ गरी ३७ जना खेलाडीले छनोटमा भाग लिएका थिए ।