१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वातावरणमा असर नपर्ने गरी ढुंगा र गिटी निर्यात गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:२२:oo

सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुंगा र गिटी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्दै ढुंगा र गिटी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन्। ढुंगा गिटी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन।