
सरकारले आधारभूत अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन एक अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ।
देशभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्न र खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले एक अर्ब २८ करोड विनियोजन गरेको हो। सरकारले स्वदेशी औषधी उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ।