
नेपालको व्यवस्थापन अध्ययनमा एक अग्रणी शैक्षिक संस्था काठमाडौं डन बस्को कलेज र र अस्ट्रियास्थित एक प्रतिष्ठित एप्लाइड साइन्स कलेज आइएमसी विश्वविद्यालयबीच अनुसन्धान र अध्ययनको क्षेत्रमा रणनीतिक साझेदारी स्थापना गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौतालाई अध्ययन अनुसन्धानका क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा उल्लेख गरिएको छ।
यस साझेदारीअन्तर्गत दुवै पक्षले शैक्षिक र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने, शिक्षक र विद्यार्थी गतिशीलतालाई सहजीकरण गर्ने र सहकार्यमा आधारित अनुसन्धानात्मक योजनाहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन्।