१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका– १४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ।

आइतबार दिउँसो कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।