Skip This
गणतन्त्र दिवसमा रेशम चौधरीकाे कैद माफी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Sunday, 27 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्र दिवसमा रेशम चौधरीकाे कैद माफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १८:३५:oo

गणतन्त्र दिवसको उपलक्ष्यमा टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीसहितका कैदीले आममाफी पाएका छन्।

जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरूलाई आममाफी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका जेष्ठ नागरिकसहित ४८२ कैदीले पनि भक्तान गर्न बाँकी कैद माफी पाएका छन्। उनीहरुले संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम माफी पाएका हुन्।

 

 

↑