मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ १४ आइतबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालककाे ज्यान गएको ४ महिनासम्म पत्ता लागेन दोषी 

Read Time : < 1 मिनेट
२०८० जेठ १४ आइतबार १७:२४:००

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका- ६ भण्डारामा साढे २ वर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना बितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय नवलपुरअगाडि घेराउ गरेका छन्।

गत माघ १३ गते आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा प्रदेश ३ ०१०२३ च ६९५८ नम्बरको कारले आफ्नो बच्चालाई ठक्कर दिई बालकको निधन भएको बालकका आमा मोतीकुमारी महतोले बताए।

पीडितका आफन्तले प्रहरीकोमा गाडी नम्बरसहित किटानी जाहेरी दिए पनि प्रहरीले गाडीलाई नियन्त्रणमा लिन आलटाल गरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयले आइतबार प्रहरी कार्यालय घेराउ गरेका हुन्।  

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा सोही दिन मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको थियो। मृतकका ६ वर्षीया दिदी रूपा महतो रहेका छन् भने मृतकका बुवा कमल महतो ६ महिनादेखि मलेसियामा बैदेसिक रोजगारीको सिलसिलामा गएका छन्। 

प्रहरीले ७ दिनको म्याद मागेर आफूहरूले ७ दिनभित्र छानबिन गरी सक्ने जनाएका कारण तत्काललाई स्थानीय फर्किएका थिए। नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आफूहरू घटनाको अनुसन्धानको नजिक पुगेको भन्दै केही दिनमा दोषीलाई पक्राउ गरी पीडितलाई न्याय दिने बताए।