१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारद्वारा विनियोजन विधेयक प्रस्तुत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतबार सभामा विधेयक प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्ष ०८०/८१ को विनियोजन विधेयक सभामा छलफल गरियोस्, भनी मन्त्री मास्कीले प्रस्तुत गरेका हुन्।

प्रस्तुत विधेयकमाथि जेठ १५ सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ। दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सवलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताएका छन्।

उनले स्रोतसाधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए। 

शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकासलगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखी गौरवका आयोजनाका रूपमा विकास गर्ने  पनि उनले बताए।