१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। खोटाङको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न संघसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रूपमा श्रमदान अभियान सुरु गरेको हो।

श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले जानकारी दिए। ‘देश आर्थिक संकटमा फस्दै गएको छ। सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो। नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन्। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी श्रमदान अभियान थालिएको हो।’

श्रमदान अभियानमा उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रालि, ट्याक्टर तथा टिपर व्यवसायी संघ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ। ट्याक्टर तथा टिपर व्यवसायी संघमा आबद्ध एक व्यवसायीले कम्तीमा रु. ४० हजारबराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन्।

श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको छ।  जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरिएको छ।