१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलहरीबारे अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाले मानेन, संसद् बैठकमा ढिलाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १६:५७:oo

पशुपतिमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएकाे भन्ने माओवादी सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने विषयमा राप्रपाले विरोध जनाएको छ। राप्रपाले विरोधका लागि समय मागेपछि ४ बजे बोलाइएको संसद् बैठक अझै सुरु हुन सकेको छैन।

पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्तिले शुक्रबार प्रतिनिधिसभा पूर्ण रूपमा प्रभावित भएको थियो।

शनिवार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरूबीचको बैठकले दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसद्को रेकर्डबाट हटाउने सहमति गरेको थियो।

ठूला दल मिलेर जलहरी भ्रष्टाचार सामसुम पार्न खोजेको भन्दै राप्रपाले विरोध गर्न समय मागेपछि बैठक समयमा बस्न नसकेको हो। राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारको विषयमा बोल्न नपाइने र बोल्दा रेकर्डबाट हटाउने कुरा स्वीकार्य नभएको बताए।