१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा सांसद भन्छन्– एमालेले छोरी कुटेर बुहारी तर्साउन खोज्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एमालेले आज संसद् अवरुद्ध गर्नु आवश्यक नभएको बताएका छन्। एमालेले संसद् अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको उनको टिप्पणी छ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणलाई राजनीतिक मुद्दा बनाउन नहुने बताए। यस्ता विषयलाई राजनीतिक मुद्दा बनाए गलत सम्झौता गर्ने ‘लिगेसी’ बन्नेमा उनले सचेत गराए।

‘यो राजनीतिक एजेन्डा हो। यसमा प्रक्रियागत रूपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेन्डा हो। सदनमा चाहिँ छोरी कुटेर बुहारी तर्साइरहेको हो। त्यो भनेको नक्कली भुटानी शरणार्थी प्रकरण एउटा एजेन्डा हुन सक्छ। त्यसमा राजनीतिक दलहरूले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुन सक्छ। यो बाँधिएको कुराहरू हो। सरकार पनि कानुनी परिबन्धमा बाँधिएको छ। नीति तथा कार्यक्रम पारित गर्नु छ,’ उनले भने।