१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको आक्रोश– एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद् अवरुद्ध हुनैपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

एमाले अध्यक्ष केपी ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा संलग्न नभएको एमालेविरुद्ध सत्तारूढ दलहरूले मिलेर आरोप लगाइरहेको बताएका छन्।

शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले  मिडिया, सामाजिक सञ्जाल सबैतिर एमालेविरुद्ध हावाहुरी चलाइएको दबी गरे। माओवादी सांसद लेखनाथ दाहालले एउटा जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति दिएकाले एमालेले संसद् अवरुद्ध गरेको ओलीको दाबी छ।

‘अस्तिका दिन मात्रै एकजना माओवादी सांसदले रोस्ट्रममा उभिएर बोल्दा कोभिडको औषधिमा एक अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्‍याे भनेर बोले। आज त्यस विषयमा संसद् अवरुद्ध। हुनैपर्छ संसद् अवरुद्ध। किनभने यस्तो बकवास, एउटा जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुराहरू बोलेर हिँड्दैनन्,’ ओलीले भने।

एमाले र आफू स्वयंले जिन्दगीभर भ्रष्टाचारविरुद्ध अभियान चलाएर आएको उल्लेख गर्दै अध्यक्ष ओलीले देशद्रोही तत्वहरूले देशमा कुनै व्यक्ति इमानदार छैन भन्ने स्थापित गरेर देशप्रति वितृष्णा जगाउन खोजेको दाबी गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिक भएका मान्छेहरूको नाम पोल्न लगाएर तयारीका साथ बयान रोकेर सही गराइएको आरोप लगाए।

‘१२ गते मान्छे गिरफ्तार हुन्छन्। १८ गते दलालहरू ल्याएर गिरफ्तार मान्छेहरूसँग घन्टाैँ भेटघाट गराएर नयाँ खालका योजना बनाइन्छ। ती मान्छे किन गए त्यहाँ ? कसले पठायो ? नौ करोड मैले बुझाएँ भन्छ एउटा मान्छे। कहाँबाट ल्याएर बुझायो ? दुनियाँसँग पैसा उठाएको छ उसले, ऊ अपराधी हो कि होइन ? तर, सरकार नौ करोड बुझाएको मान्छेलाई सूचनादातामा पो राख्छ। यहाँ मिलेमतो छैन कसरी भन्ने ?’ ओलीले प्रश्न गरे।