१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १२ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘आयोगका सिफारिस कार्यान्वयन गर्न सहसचिवस्तरीय समिति बनाई काम भइरहेको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १६:४८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयनका लागि सहसचिवस्तरीय समिति बनाई काम गरिरहेको बताएका छन्।

शुक्रबार आयोगको २३औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगका सिफारिस कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिवस्तरीय समिति बनाई कार्य भइरहेको जानकारी दिए।

उनले प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट वृद्धि गरेको र आरोपित व्यक्तिलाई विभागीय कारबाही गरिएको बताए। आयाेगका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रस्ट पारे। आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर रहेको प्रधानमन्त्रीको भनाइ छ।

‘आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर छ । आयोगको संस्थागत सुदृढीकरण र मानव अधिकार आयोग ऐन संशोधनको विषयलाई पनि प्राथमिकतामा राखिएको छ,’ उनले भने।

संयुक्त राष्ट्रसंघीय ग्लोबल एलाइन्स फर नेचुरल ह्युमन राइट्स इन्स्टिच्युसनले अहिले आयोगलाई बी स्तरमा झार्न गरेको प्रस्तावप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्रीले प्रस्ट पारे।