१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बंगलादेशमा कवि धमला सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन्। राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी– २०२३’ को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दी हिमालय’ भनेर सम्मान गरेको हो।

धमलाले हालै अंग्रेजी कवितासंग्रह ‘द सेल्फिस सिटी’ ल्याएका छन्। कार्यक्रममा बंगलादेशी कवि तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए।

त्यस्तै, सेगुनबगैँचास्थित इन्टरनेसनल मदर ल्यांग्बेज इन्स्टिच्युटमा आयोजित अस्ट्रेलिया बसोवास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियन कवि कुमाराज सुवेदीलाई सम्मान गरिएको थियो। उनलाई ‘पोइट अफ दी इभेन्ट’ अवार्ड प्रदान गरिएको हो। सुवेदीको ‘द कलर अफ इस्प्रिङ’ कवितासंग्रह प्रकाशित छ।

विश्वका विभिन्न देशका कविहरू उपस्थित उक्त कार्यक्रममा  बंगलादेशी लेखक महमुदुल हसन निजामीले ‘द कलर अफ इस्प्रिङ’ कवितासंग्रहबारे चर्चा गरेका थिए।