Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल फाइनल प्रवेशका लागि कजाकिस्तानसँग भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०७:०९:००

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यालेन्ज कपको सेमिफाइनलमा शुक्रबार घरेलु टोली नेपालले बलियो कजाकिस्तानको सामना गर्दै छ । समूह ‘ए’को उपविजेता नेपालले समूह बीको विजेता कजाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई देशबीच पहिलोपटक प्रतिस्पर्धा हुँदै छ । आधिकारिक रूपमा नेपाल र कजाकिस्तानबीच प्रतिस्पर्धा भएको छैन । विश्व वरीयतामा ४५औँ स्थानमा रहेको कजाकिस्तान उपाधि दाबेदार टोली हो । 

प्रतियोगितामा सहभागी अन्य सात टोली भने विश्व वरीयतामा छैनन् । नेपाल प्रतियोगिताको साबिक विजेता हो । बंगलादेशमा सन् २०१९ र सन् २०२१ मा प्रतियोगिता हुँदा नेपाल च्याम्पियन बनेको थियो । ‘कजाकिस्तान प्रतियोगिताकै बलियो टोली हो । हामी संयमित भएर खेल्नुपर्छ,’ नेपाली टोलीकी कप्तान अरुणा शाहीले भनिन् । नेपालका लागि बेल्जियम प्रशिक्षक जान डी ब्रान्टले ब्लक, स्पाइक, सर्भिस र डिफेन्समा टोलीबाट उत्कृष्ट प्रदर्शन हुने जनाए । 

अघिल्ला खेलझैँ स्पाइकरमा उषा भण्डारी र निरुता ठगुन्नासहित सरस्वती चौधरी, सेटरमा कप्तान अरुणा, लिबेरोमा सलिना श्रेष्ठ र मिडब्लकमा संगम महतोलाई अवसर उनले दिन सक्छन् । कजाकिस्तानले अहिलेसम्म तीन खेलबाट ९ अंक जोड्दा ९ सेट आफ्नो पक्षमा पारेको छ । दुई सेट गुमाएको छ । उज्वेकिस्तान र श्रीलंकाविरुद्ध दुई सेट गुमाउँदा माल्दिभ्सविरुद्ध सोझो सेटको जित निकाल्यो । साबिक विजेता नेपाल लगातार दुई खेल जित्दा भारतसँग तेस्रो खेलमा पराजित भएको थियो । 

श्रीलंका र किर्गिस्तान विजयी
श्रीलंकाले दोस्रो प्ले अफमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ । श्रीलंकाले बंगलादेशलाई २५–१६, २५–१५ र २५–७ ले हराएको हो । श्रीलंकाले अब पाँचौँ स्थानका लागि किर्गिस्तानको सामना गर्नेछ । बिहीबार नै भएको पहिलो प्लेअफमा किर्गिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । किर्गिस्तान २५–२०, २५–२० र २५–१५ ले विजयी भयो । श्रीलंका र किर्गिस्तानबीच पाँचौँ स्थानका लागि शनिबार खेल हुनेछ ।