१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ ११ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती प्रदेश खेलकुद प्रतियोगिता : महिला फुटबलको उपाधि काठमाडौंलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १७:५o:oo

हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ। हेटौँडा– ६ मा रहेको गौरीटार रंगशालामा भएको फाइनल खेलमा सिन्धुलीलाई हराउँदै काठमाडौंले उपाधि जितेको हो।

काठमाडौंले सिन्धुलीलाई २–० गोल अन्तरले पराजित गर्‍यो। काठमाडौंको जितका लागि सुजिता घलान र मनीषा थापाले एक–एक गोल गरे। सुजिताले १०औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। खेलको ५८औँ मिनेटमा मनीषले गरेको गोलले काठमाडौंको जित सुनिश्चित गर्‍यो।

काठमाडौंकी सरिता ऐर दुई व्यक्तिगत विधामा पुरस्कृत भइन्। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट फरवार्डको पुरस्कार पाएकी हुन्। अन्य व्यक्तिगततर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर र प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए। प्रतियोगिता अवधिभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापामगर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्।

विजेता टोलीलाई बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए।