१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती प्रदेश खेलकुद : भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भलिबल प्रतियोगिताको स्वर्ण चितवन र काठमाडौंले जितेका छन्। हुप्राचौरमा रहेको भलिबल कोर्टमा भएको फाइनलमा चितवनले पुरुषतर्फ र काठामाडौंले महिलातर्फको स्वर्ण पदक जितेका हुन्।

चितवनले धादिङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। धादिङले २५–१७, २२–२५, २८–२६ र २५–१८ को सेटमा जित निकाल्न सफल भयो। पुरुषतर्फ नै तेस्रो स्थानका लागि भएको खेलमा काठमाडौंले सिन्धुलीलाई २–१ ले पराजित गर्यो।

महिलातर्फको फाइनलमा काठमाडौंले दोलखालाई सोझो सेटमा हराउँदै स्वर्ण पदक हाल पार्यो। काठमाडौंले दोलखालाई २५–५, २५–६ र २५–१२ को सेटमा हराएको हो। महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा चितवनले धादिङलाई २–० ले हराउँदै कास्य पदक प्राप्त गर्यो।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलातर्फ काठमाडौंकी सलिना बुढामगर उत्कृष्ट खेलाडी भए। पुरुषतर्फ चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए।

यसैगरी, महिलातर्फका काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित हुँदा महिलाको विधागत उत्कृष्टतर्फ स्पाइकरमा चितवनकी आरती सुवेदी, सेटरमा काठमाडौंकी भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निशा महर उत्कृष्ट भए।

विजेता खेलाडीहरूलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पदक तथा प्रमाणपत्र प्रदान गरे।