१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुन्डाईले इभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० करोड लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० वर्ष (२०२३ देखि २०३२) को अवधिमा विद्युतीय सवारीसाधनको इकोसिस्टमका लागि चरणबद्ध रूपमा दुई खर्ब रुपैयाँ लगानी गर्ने जनाएकाे छ।

उन्सु किम, एमडी एन्ड सिइओ, हुन्डाई मोटर इन्डिया र भी विष्णु, आइएएस, एमडी र सिइओ, गाइडेन्स तमिलनाडुबीच मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको छ।

हस्ताक्षर कार्यक्रममा थंगम थेनारसु, अर्थमन्त्री टिआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्यमन्त्री कृष्णन एस, आइएएसका अतिरिक्त मुख्यसचिव, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो।

उन्सु किमले भने, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारका रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौँ। यसले हामीलाई र हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीमा उत्कृष्ट सुविधा र प्रविधि प्रदान गर्न मद्दत गर्ने विश्वास छ।’

कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ। यस याेजनाअन्तर्गत हुन्डाईले एक लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाइ स्थापना गर्ने जनाएकाे छ।

त्यस्तै, पाँच वर्षको अवधिमा प्रमुख राजमार्गका प्रमुख स्थानमा एक सय इभी चार्जिङ स्टेसनहरू स्थापना गरिने भएको छ। यसमा पाँच डुअल अल्ट्रा-फास्ट चार्जिङ स्टेसनहरू, १० सिंगल फास्ट चार्जिङ स्टेसनहरू र ८५ एकल फास्ट चार्जिङ स्टेसनहरू समावेश छन्।

हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक आठ लाख ५० हजार युनिटमा पुर्‍याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको कारखानाबाट नयाँ विद्युतीय र आइसिई सवारीसाधन उत्पादन गर्नेछ।