Skip This
सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ११ बिहीबार १o:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १o:३३:oo

सिटिजन्स बैंक इन्टरनेसनललाई जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरोबराबरको प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि पुनर्कर्जा दिने विषयमा सिजिटन्स बैंक, जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच त्रिपक्षीय समझदारी भएको हो । 

केएफडब्लूले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एन्ड सेमी–अर्बान एरियाज – सेड्रा थ्री’ पुनर्कर्जा र प्राविधिक सहयोग गर्न लागेको बैंकले जनाएको छ । स्थापनाकालदेखि नै आफ्नो लगानीको प्राथमिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे निष्कर्षसहित केएफडब्लू डेभलपमेन्ट बैंकले सेड्रा थ्री प्रोजेक्टमा समझदारीका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्येबाट सिटिजन्स बैंकलाई चयन गरेको जनाइएको छ । 

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्तर्गत केएफडब्लू डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ । 

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दिगो रूपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनुपर्छ भन्ने मान्यतासहित हालसम्म उक्त शीर्षमा २१ हजार पाँच सयभन्दा बढी व्यवसायलाई २५ अर्ब रुपैयाँबराबरको कर्जा प्रदान गरेको जनाएको छ । यसमध्ये दुई हजार आठ सय ८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा दुई अर्ब रुपैयाँबराबरको कर्जा प्रदान गरेको जनाइएको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पु¥याएको बैंकले विश्वास व्यक्त गरेको छ । 

यसका साथै, सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीका आधारमा हालसम्म पाँच हजार चार सय ९२ मध्यम तथा विपन्न वर्गका परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको बैंकको दाबी छ । ग्रामीणस्तरमा रहेका विपन्न वर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण जनता बढी व्यावसायिक भई लाभान्वित हँुदै जाने विश्वास लिएको बैंकको भनाइ छ । 

सेड्रा थ्री परियोजनाअन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पु¥याउने बैंकले उल्लेख गरेको छ ।