१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघले प्रदेश सरकारलाई भिक्षुकलाई जस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकलाई जस्तो व्यवहार गरेको बताएका छन्।

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको बताएका हुन्।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै रावलले गुनासो गरे। उनले प्रदेश मातहत पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको औंल्याए।

‘प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु केन्द्रले नियन्त्रणमा लिएको छ। भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो,’ रावलले भने, ‘प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइँ रहेको छ। प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी छन्। प्रदेश सरकारलाई अधिकार दियौं भनेर ललिपप खुवाएजस्तै छ। संघीय सरकार दाता, प्रदेश सरकार भिक्षुकजस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो।’