मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ९ मंगलबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र एकीकृत समाजवादी समेटेर मधेस सरकार विस्तार

Read Time : < 1 मिनेट
२०८० जेठ ९ मंगलबार १४:५०:००

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर उनले सरकार विस्तार गरेका हुन्।

कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने जसपा नेतृत्वको सरकारमा सहभागी भएका छन्। 

कांग्रेसका यादवले भौतिक पूर्वाधारमन्त्री र सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको रूपमा शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै माओवादी केन्द्रले भने प्रदेश सरकार छाड्ने निर्णय गरेको छ।