१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

रामेछापको लिखु तामाकोसी गाउँपालिका– २ सैपुको सिरिसेस्थित लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ। 

सोमबार दिउँसो लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा २९ वर्षीय सुवास कार्कीको ज्यान गएको हो। नदीमा नुहाएपछि उपकरण प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट सर्ट हुँदा उनकाे घटनास्थलमै मृत्यु भएको हो।

करेन्ट लागेर छटपटाइरहेको देखेपछि अर्का एक युवकले स्थानीय र प्रहरीमा खबर गरेका थिए। स्थानीय र प्रहरी घटनास्थल पुग्दा उनको ज्यान गइसकेको प्रहरी चौकी सिरिसेले जनाएको छ।