१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री रिजाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमानाका खुलाउनेलगायत विविध विषयमा कुराकानी भएको हाे।

मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा चिनियाँ राजदूत सोङको प्रशंसा गरेका थिए। आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे।

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनेमा प्रतिबद्धता जनाउँदै मन्त्री रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधीनताको सम्मानका लागि चीन सदैव अडिग रहेकोप्रति नेपालको उच्च सम्मान रहेको बताए।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए।

भेटमा चिनियाँ राजदूत सोङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए। द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको बताउँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक उल्लेख गरे।