१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण टेकु पुगिन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:o७:oo

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्। बालकृष्ण २७ वैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन्। खाणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ। यसअघि आफूमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ। तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफूविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न आएको हुन सक्ने एक प्रहरी अधिकारीले  बताए।  

प्रहरीले सोमबार अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ। पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ। संलग्नता पुष्टि हुन नसकेका थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोजन लैजाने प्रहरी तयारी छ।

छुटाउनुभयो की ?