Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ८ सोमबार ०८:४५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग : चर्च ब्वाइजलाई पछ्याउँदै मच्छिन्द्र

दुईपटकको साबिक विजेता मच्छिन्द्रले एनआरटीलाई २–० ले हराउँदै पहिलोपटक लिगको दोस्रो स्थान रक्षा गरेको छ । मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइजसँग दुई अंकदूरी घटाएको छ ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ८ सोमबार ०८:४५:००

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै पहिलोपटक दोस्रो स्थानमा उक्लेको हो । मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्बाइजसँग दुई अंकको दूरी घटाएको हो । मच्छिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ । मच्छिन्द्रले नौ जित, सात बराबर र चार खेलमा हारको सामना गरेको छ । एक खेल कम खेलेको चर्च ब्वाइजले ३६ अंक जोडेको छ । मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिज र सौरभ लिम्बूले समान एक गोल गरेका थिए । 

एनआरटीविरुद्ध डबल लिगमा मच्छिन्द्र अपराजित रह्यो । यी दुई क्लबबीच पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । चालू लिगमा मच्छिन्द्र पहिलोपटक दोस्रो स्थानमा उक्लिएको हो । २० खेल खेलेको मच्छिन्द्रको ३४ अंक छ । मच्छिन्द्रले ९ जित, सात बराबर र चार खेलमा जित निकाल्यो । एक खेल कम खेलेको नवप्रवेशी चर्च ब्वाइज ३६ अंकसहित शीर्ष स्थानमा छ । लिगको तेस्रो चरणसम्म मच्छिन्द्र रेलिगेसन क्षेत्र र पाँचौँ चरणमा विश्राम हुँदा ११औँ स्थानमा रह्यो । पाँच खेल खेल्दा मच्छिन्द्रले एक जित मात्र निकाल्दा समान दुई बराबर र हार बेहोरेको थियो । 

ओलावालेको १५औँ गोल
एनआरटीविरुद्ध पहिलो गोल गरेका मच्छिन्द्रका स्ट्राइकर ओलावालेले लिगमा १५ गोलसंख्या पुर्‍याएका छन् । नाइजेरियन नागरिक आफिजले १६ खेलमा १५ गोल गर्दै उच्च गोलकर्ताको शीर्ष स्थानमा रहे । ओलावालेपछि खुमलटारका मेसुके ओलोमोउ र जावलाखेल युथका मासोआबीले समान १४ गोल गरेका छन् । फ्रेन्ड्सका राफिक अमिनु र सातदोबाटो युथका दीपकराजसिंह ठकुरीले समान १२ गोल गरेका छन् । एनआरटीविरुद्ध ३१औँ मिनेटमा अफिजले अग्रता गोल गरेका थिए । इन्जुरी समयमा सौरभले गोल गर्दै मच्छिन्द्रलाई एनआरटीविरुद्ध जित दिलाएका हुन् । 

संकटा र मनाङले अंक बाँडे 
दुई गोलको अग्रता जोगाउन नसक्दा संकटाले जावलाखेल युथ क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । दुईबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । बराबरीपछि जावलाखेल दोस्रो स्थानमा उक्लन असफल भयो । २० खेलमा ३३ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा झरेको छ । संकटा २३ अंकका साथ ११औँ स्थानमा छ । दशरथ रंगशालामा संकटाका लागि आयुष घलान र चन्दनकुमार दासले गोल गरे ।

जावलाखेलका लागि एनकोटो मासोआबी र समिराज थोकरले समान एक गोल गरेका हुन् । खेलको ४३औँ मिनेटमा आयुषले संकटालाई अग्रता दिलाए । ७३औँ मिनेटमा दासले संकटाको अग्रता २–० पुर्‍याए । खेलको ७७औँ मिनेटमा मासोआबीले जावलाखेललाई २–१ को स्थितिमा पुर्‍याए । ८६औँ मिनेटमा समिराजले गोल गर्दै जावलाखेलको हार टारे । 

मनाङ रोकियो
मनाङ मस्र्याङ्दी क्लब एपिएफ फुटबल क्लबसँग २–२ को बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा अग्रता रक्षा गर्न नसक्दा मनाङले लगातार सात खेलमा अंक बाँड्यो । विष्णु गुरुङ प्रशिक्षक नियुक्त भएयता मनाङले सात खेलमा जित निकाल्न सकेको छैन । एपिएफविरुद्ध पहिलो लेगमा मनाङ २–१ ले विजयी भएको थियो । बराबरीसँगै २० खेलमा २४ अंक जोडेको मनाङ आठौँ स्थानमा यथावत् छ । एपिएफ २३ अंकका साथ १०औँ स्थानमा छ । मनाङका लागि टिमोथी कोफी कुडो र सुमित श्रेष्ठले गोल गरे । एपिएफका लागि कप्तान नवीन लामा र अर्मान्ड बिडोमले समान एक गोल गरेका थिए । 

खेलको १३औँ मिनेटमा कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । एपिएफका विश्वास उदासले सुमित श्रेष्ठलाई डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । रक्षक विश्वासले रातो कार्ड पाउँदा एपिएफ १० खेलाडीमा सीमित बन्यो । २०औँ मिनेटमा नवीनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए । २६औँ मिनेटमा सुमितले गोल गर्दा मनाङ २–१ ले अगाडि रह्यो । ६४औँ मिनेटमा बिडोमले एपिएफलाई २–२ को बराबरीमा ल्याएका हुन् ।