१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर– ११ का स्कुटरचालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। स्कुटर पछाडि सवार भरतपुर– ११ कै २० वर्षीय विशान्त ढकालको अवस्था गम्भीर रहेको छ। उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिन्डर लोड गरिएको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ट्रकचालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ।