१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती सरकारले पूर्णता पाउँदै, ६ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ। आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ मन्त्री नियुक्तीको तयारी गरेसँगै सरकारले पूर्णता पाउन लागेको हो।

सत्तागठबन्धनमा भागबन्डा नमिल्दा समस्या भइरहेका कारण लामो सयमदेखि सरकार अपूर्ण अवस्थामा रहेको थियो। भागबन्डाको विवाद समाधान गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार विस्तार एवं पूर्णता दिने तयारी गरेका हुन्।

प्रदेशको ११ वटा मन्त्रालयमध्ये ६ वटा नेपाली कांग्रेसलाई, मुख्यमन्त्रीसहित चारवटा नेकपा माओवादी केन्द्रलाई र दुईवटा एकीकृत समाजवादीलाई भागबन्डा गर्ने सहमति भएसँगै सरकारलाई पूर्णता दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

कार्यालय स्रोतका अनुसार प्रदेशमा ११ वटा मात्र मन्त्रालय भएकाले एक मन्त्री विनाविभागीय रहने र बजेट कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रालय विभाजन गरेर जिम्मेवारी दिने तयारी भइरहेको छ।

नवनियुक्त मन्त्रीहरूको आइतबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको स्रोतको भनाइ छ। जसमा कांग्रेसबाट उत्तम जोशी, रामकृष्ण चित्रकार, पुकार महर्जन र मसिना खड्का तथा एकीकृत समाजवादीबाट राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई शपथग्रहण गराउने तयारी भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको सचिवालयले जनाएको छ।