मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ७ आइतबार ०८:२७:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वमुख्यसचिव डा. विमल कोइरालालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ७ आइतबार ०८:२७:००

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कसरी हेर्नुभएको छ ?  
हामीकहाँ जुनसुकै सरकारले जहिलेसुकै ल्याएको नीति तथा कार्यक्रम खासै नौलो देखिन्न । सबैजसो नीति तथा कार्यक्रममा सम्भव, असम्भव सबै विषय समेटिन्छन् । तर, तिनले गतिलो उपलब्धि दिन सकेको भने देखिन्न । यसपटकको नीति तथा कार्यक्रम पनि परम्परागत नै देखिन्छ । संकटको डिलमा उभिएको अर्थतन्त्रलाई उद्धार गर्ने भरपर्दो नीति तथा कार्यक्रम देखिँदैन । जेजस्ता नीति तथा कार्यक्रम आएका छन्, तिनको कार्यान्वयनमा पनि प्रश्न कायमै छ । 

यसका सकारात्मक र नकारात्मक पक्ष के के हुन् ?
सरकारको यसपटकको नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएका छन् । त्यो नै यसको राम्रो पक्ष हो । तिनलाई कार्यान्वयन गर्न सकियो भने पक्कै पनि राम्रो हुन्छ । देशको अर्थतन्त्र गम्भीर संकटमा छ । यसको उद्धार गर्नु अहिलेको प्राथमिक आवश्यकता हो । तर, त्यसलाई उद्धार गर्न सक्ने खालको ठोस कार्यक्रम र नीतिको सर्वथा अभाव हुनु यसको नकारात्मक पक्ष हो । 

दुई वर्षमा पाँच लाखलाई रोजगारी दिने घोषणा कार्यान्वयन हुन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
यसका लागि सरकारले लगानी बढाउन सक्नुपर्छ । तर, त्यसका लागि ऊसँग पर्याप्त स्रोत छैन । भएकै पुँजीगत खर्चसमेत गर्न सकिरहेको अवस्था छैन । अनि, दुई वर्षमा पाँच लाखलाई रोजगारी दिलाउन कसरी सम्भव होला र ? त्यसैले, पूरै आशावादी हुने ठाउँ छैन ।