
सरकारले उपभोक्ता ठगिने वातावरण अन्त्य गर्न थप व्यवस्थित रूपमा बजार अनुगमन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको जारी संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दिनमा बजार अनुगमन थप व्यवस्थित बनाइने बताए ।
पौडेलले उपभोक्ताहितको संरक्षण गरिने, बजार अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाई मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने वातावरणको अन्त्य गरिने बताए ।
सरकारको नीति कार्यक्रममा सरकारले सबै प्रकारका सिन्डिकेट र कार्टेलिङको अन्त्य गर्दै व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता, प्रतिस्पर्धा र अनुशासित बनाइने उल्लेख छ ।