१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नातिलाई छोरा बनाएर नागरिकता : प्रशासकीय अधिकृतलाई धरौटीमा छोड्न आदेश

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

जिल्ला अदालत सप्तरीले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा सघाएको अभियोग लागेका अर्का एकजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

थुनछेक बहसपछि न्यायाधीश हरिश्‍चन्द्र इङनामको इजलासबाट तत्कालीन जिल्ला प्रशासन कार्यालय सप्तरीमा थप कामकाजमा कार्यरत शाखा अधिकृत किशोरकुमार रामलाई ५० हजार धरौटीमा छाड्न आदेश भएको तहसिलदार दिनेश सुवेदीले जानकारी दिए। किशोरकुमार शुक्रबार जिल्ला अदालत सप्तरीमा आफैँ हाजिर भएका थिए।

अदालतले बुधबार किशोरसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि यस मुद्दामा प्रतिवादी बनाइएका राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीतनारायण यादव एक लाख रुपैयाँ र स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटीमा बिहीबार रिहा भएका थिए। नागरिकता लिएका सतिश र बुबा दाबी गरिएका सूर्यनारायण जनही एक–एक लाख धरौटीमा जेठ १ गते रिहा भएका थिए।

सूर्यनारायण यादवले छोरीका छोरा (नाति) सतिश यादवलाई आफ्नै छोरा भनेर झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गराएका थिए । सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो।