१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नातिलाई छोरा बनाएर नागरिकता : वडाध्यक्षलाई धरौटीमा छाड्न अदालतको आदेश

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:२८:oo

जिल्ला अदालत सप्तरीले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा सघाएको आरोप लागेका वडाध्यक्षलाई एक लाख र स्थानीय एकजनालाई  २५ हजार धरौटीमा छोड्न आदेश गरेको छ।

न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले बिहीबार राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदितनारायण यादवलाई १ लाख र स्थानीय राधेश्याम यादवलाई २५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार पक्राउ पुर्जी जारी २६ मध्ये वडाध्यक्ष उदितनारायण र राधेश्याम बिहीबार आफैँ अदालतमा हाजिर भएको जिल्ला अदालतका प्रवक्ता भरतमणि पोखरेलले जानकारी दिए।

सूर्यनारायण यादवले विवाहित छोरीका छोरा सतिश यादवलाई आफ्नै छोरा भनी झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गराएका थिए। जिल्ला सरकारी वकिल कार्यालयमार्फत ३१ वैशाखमा २८ जनाविरुद्ध मुद्दा दायर भएकामा अदालतले १ जेठमा सूर्यनारायण र सतिशलाई जनही एक लाख धरौटीमा छाडेको छ। 

सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।