१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछाैँ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए। 

गृहमन्त्री श्रेष्ठले यो अपराधमा संलग्न जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उनको भनाइ थियो। 

उनले कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताए। 

‘आफ्नो देशको नागरिक अनागरिक बनाई विदेशमा पठाई पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिने कुरा हुन सक्दैन । हामीले कुनै केस विनापूर्वाग्रह छानबिन गर्ने, निर्दोष फस्नु नहुने र दोषी उम्किनुहुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ । कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ। दोषीलाई कारबाहीको प्रक्रियामा लगिछोड्छौँ।’

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे थियाे।