१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनसुनजन्य विपदमा उद्धार सारथि बन्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद्को उद्धारका लागि हरपल तयारी हालतमा रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सबै युनिटहरूलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन्।

मनसुनको बारेमा पूर्वजानकार रहन र हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको उनको भनाइ छ। जति धेरै पूर्वतयारी भयो त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथि बन्न सकिने उनको भनाइ छ।

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रूपमा समेत तयार रहन उनले निर्देशन दिएका छन् । 

विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउन सक्ने प्राकृतिक जोखिमलाई समेत उत्ति नै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तोसुकै परिस्थितिमा परिचालन हुन सक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनको निर्देशन छ।  शिक्षालयमा हाल सञ्चालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुन सक्ने जोखिमको पूर्वानुमान गरेर सोहीअनुसार परिमार्जन गर्दै लगिनेसमेत उनको भनाइ छ। 

उद्धारको तयारीको लागि विशेष गरी पूर्वअभ्यास महत्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरूले सरोकारवाला अन्य निकायहरूको समेत सहकार्यमा तीव्रता दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।