१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण र टिआरसी टुंग्याउन उपसमिति बनाउने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

कानुन न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन उपसमिति गठन गर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ज्येष्ठ सदस्यका हैसियतमा अध्यक्षता गरेको समिति बैठकले दुईवटा उपसमिति बनाउने निर्णय गरेको हो। उपसमिति गठन बिहीबार बिहान साढे ८ बजे बस्ने अर्को बैठकबाट हुनेछ।
 
उक्त बैठकले समितिको कार्यविधि तय गर्ने सदस्य महेशकुमार बर्तौलाले जानकारी दिए। उनकाअनुसार समितिको कार्यक्षेत्रको विषयमा पनि छलफल हुनेछ।

देउवा सभापति बन्न अनिच्छुक

ज्येष्ठ सदस्यको हैसियतमा समितिको पहिलो बैठक सञ्चालन गरेका देउवाले समिति सभापति बन्न अनिच्छा देखाएका थिए। 

बैठकमा एमाले उपनेता सुवासचन्द्र नेम्वाङले ‘तपाईं सभापति हुनुहुन्छ। ज्येष्ठ नागरिक पनि हो। तपाईं नै सभापति भएको सुहाउँछ’ भनेका थिए। देउवाले ‘हैन हैन’ भनेर अनिच्छा देखाएको एक सदस्यले बताए। उनकाअनुसार समिति बैठकमा सदस्यहरू समयमै आइपुगे पनि ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गर्नुपर्ने देउवा ३५ मिनेट ढिलो आएका थिए। ढिलो आए पनि देउवाले अन्य समितिभन्दा पहिला नै बैठक सकेको एक सदस्यले बताए। ‘उहाँ ३५ मिनेटपछि आउनुभयो। १० बजेर २२ मा बैठक सक्नुभयो। पौने घण्टा अवधिमा परिचय गर्यौँ। सदस्यहरू बोल्नुभयो। कम बोल्ने भए पनि देउवाले राम्रोसँग बैठक सञ्चालन गर्नुभयो,’ उनले भने। 

२४ सदस्यीय समितिमा किरणकुमार साह अनुपस्थित थिए।