
मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुई साताजतिमा मर्मत सम्पन्न भएपछि पुनः पानी वितरण हुनेछ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत–सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जानाएको छ । सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालन गर्ने गरी थप उपकरण जडान तथा मर्मत–सम्भार गर्न लागिएको हो ।